शुक्रबार, असार १४ गते २०८२

कास्की २ को उपनिर्वाचनः तिन राजमार्ग ठप्प

कास्की २ को उपनिर्वाचनः तिन राजमार्ग ठप्प

अखबार दैनिक
शुक्रबार, मंसिर १३ २०७६
  • माधव पराजुली,रेडियो नेपाल पोखरा कास्की क्षेत्र नं. २ मा भईरहेको उपनिर्वाचनका कारण तिन राजमार्गमा गुड्ने सवारीसाधन ठप्प बनेका छन् । पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गमा गुड्ने सबै सवारीले कास्की क्षेत्र नं. २ भित्रको सडकमार्गको प्रयोग गर्नुपर्ने हुन्छ । कास्की क्षेत्र नं. २ मा अहिँले मतदान भईरहेकाले सवारी आवागमनमा रोक लगाईएको हो । यी तिन वटै राजमार्गमा अहिले सवारीहरु सहज रुपले गुड्न पाएका छैन्न । पूर्वमा तनहुँको सीमाना कोत्रे खोला पुल, पश्चिम–उत्तरमा पर्वत सीमाना नयाँपुल र दक्षिण–पश्चिममा भकुण्डे स्याङजा सीमानामा गाडी अहिँले रोकेर राखिएको छ । शुक्रबार रातिदेखि यी राजमार्गमा गुड्ने सवारीहरुलाई तीन वटा ठाउँ तोकेर प्रवेश र सञ्चालनमा रोक गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन । प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीनरतीन घण्टाको अन्तरालमा स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् । चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ