माधव पराजुली,पोखरा
कास्की क्षत्र नं. २ मा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ ।

यहाँ उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदाताहरु बिहानै देखि लाईनमा बसेर मतदान गरिरहेका छन् । विहान ७ बजे बाट शुरु भएको मतदान बेलुकी ५ बजे सम्म चल्नेछ ।

नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरी स्थित शान्ती उदय माविमा मतदान गर्नुभएको छ भने साझा पार्टीका उम्मेदवार रजनी केसिले वार्ड न. ४ को नवीन माबी मा मतदान गर्नुभयो ।

काङ्ग्रेस उमेदवार खेमराज पौडेलले मतदान गर्न नपाए पनि बिहानै देखि विभिन्न मतदान केन्द्रमा पुगेर मतदाता भेट्नमा व्यस्त देखिनुभएको छ ।
मतदान शान्तिपूर्ण तवरले भईरहेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जनाकारी दिनुभयो ।
उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।