शुक्रबार, असार १४ गते २०८२

उपनिर्वाचनका लागि कास्कीका मतदान केन्द्रमा पाँच हजार पाँच सय भन्दा बढी कर्मचारी खटिए

उपनिर्वाचनका लागि कास्कीका मतदान केन्द्रमा पाँच हजार पाँच सय भन्दा बढी कर्मचारी खटिए

अखबार दैनिक
शुक्रबार, मंसिर १३ २०७६
  • माधव पराजुली २०७६ मंसिर १३
      पोखरा । शनिवार हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनका लागि पाँच हजार पाँच सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ । सबै कर्मचारीहरु मतदात केन्द्रहरुमा खटिसकेको निर्वाचन कार्यालयले जनाएको छ । कर्मचारीहरुले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षिय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनिय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन तथा मतदाता परिचयपत्र र मतदान केन्द्र निर्माण गर्ने छन् । निर्वाचनलाई भयरहित वातावरण मा सम्पन्न गर्नको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई सरोकारवाला निकाय, विभिन्न राजनितिकदलहरु,स्थानियवासी लगाएतलाई सहयोग गर्न आयोगले आग्रह समेत गरेको छ । उपनिर्वाचनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको जिल्ला प्रशासन कार्यलय कास्कीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ