प्राविधिक शिक्षा अहिलेको आवश्यकता: अध्यक्ष तिमिल्सिना
प्राविधिक शिक्षा अहिलेको आवश्यकता: अध्यक्ष तिमिल्सिना
अखबार दैनिक
आइतबार, मंसिर ८ २०७६
2.8K
Share
पर्वत । दक्षिण पर्वतको बिहादि गाउपालिका वडा नम्बर ४ वहाकिमा रहेको वहाकि सामुदायिक क्याम्पसको ९ औं बार्षिक उत्सब समारोहको समापन तथा नवनिर्मित क्याम्पस भवन उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा ब्यवसायिक एब्म प्राविधिक शिक्षाको आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा उहाले गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम सुधार गरी अघि बढ्नुपर्ने बताउनुभएको हो । पछिल्लो समयमा धेरैजसो शैक्षिक संस्थाहरु बेरोजगार जनशक्तिm उत्पादन गर्ने थलोको रुपमा बिकसित हुने देखिएको बताउँदै तिमिल्सिनाले समाज अनुकुलका ब्यवसायिक एवंम प्राविधिक शिक्षाको बिकास गर्दै नेपालमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान संविधानले शिक्षा प्रति गरेको कार्यहरु उल्लेखनिय रहेको बताउँदै उहाँले वर्तमान परिपेक्षमा नेपालको सन्दर्भमा भने शिक्षा नीति अझै थप गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको समय सूचना र प्राविधिको समय रहेको बताउँदै आईटिको माध्यमबाट विश्वका कुनाकुनामा रहेका विद्यार्थीहरुलाई मितेरी सम्बन्ध कायम गरेर थप उज्वल भविष्य तर्फ डोराउन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले हाल गुणस्तरीय शिक्षा नहुँदा नेपालमा उत्पादित जनशक्ति खाडी मुलुकमा धाउनुपर्ने बाध्यता रहेको स्मरण गराउदै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो।
कार्यक्रममा संविधान सभा सदस्य गुणाखर बस्याल,नेकपा केन्द्रिय सदस्य गुप्त बहादुर हमाल, नेपाली काग्रेस जिल्ला सभापति खिम प्रसाद भुषाल, पैयु गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र नेपाल पब्लिक क्याम्पसका जिल्ला अध्यक्ष गोबिन्द पहाडी लगायतले क्याम्पसलाई नमूना बनाउनुपर्ने आवश्यकता औंलाएका थिए । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा बिहादी गाउँपालिका अध्यक्ष कमल भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।