पोखरा ५ मंसिर ।
कास्की २ मा यतिबेला चुनावी रौनक चलेको छ । सामान्यतया चुनावी मैदानमा उत्रनेहरुले निकै रकम खर्च गरेका हुन्छन ।
कास्की २ मा हुने प्रतिनिधि सभाको लागी प्रमुख दल नेकपा सहित प्रमुख प्रतिपक्षी दल कांग्रेस , साना दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
चुनावी प्रचारप्रसार तथा निर्वाचनको लागी निर्वाचन कार्यालयले २५ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने गरि आचारसंहिता लागू समेत गरेको छ । चुनाव जित्नकै लागी उम्मेदवारहरुले ठूलो धनराशि प्रयोग गरिरहदा कास्कीमा भने स्वतन्त्र एक उम्मेदवारले दौडदै चुनावी प्रसारमा लागेका छन् ।
कास्की २ प्रतिनिधि सभाको उप निर्वाचनको लागी स्वतन्त्र उम्मेदवारी दिएका नवराज बास्तोलाले विना खर्च पनि चुनावी प्रचारमा लाग्न सकिन्छ भन्दै दौडेर चुनावी प्रसारमा लागी परेका छन् । बास्तोलाका सहयोगी एक जना उनलाइ पछ्याउदै मोटरसाइकलमा हिड्छन भने बास्तोला भने मतदातालाइ भेट्दै दौडेर आफ्नो प्रचार प्रसार गर्न लागेका छन् ।
सातै महादेश घुमेका बास्तोलाले नेपालीलाइ एक जुट भइ विदेशी शक्ति संग लड्न सक्ने सामर्थ्य राख्नको लागि उम्मेदवारी दिएको बताउछन् हामी आफ्नो देश बनाउने हो अरुको होइन , जुन उम्मेदवार आएपनि आफ्नो उत्पादनको बारेमा भिजन राख्दैनन् तर त्यो भिजन मसंग छ स्वतन्त्र उम्मेदवारी दिनुभएका नवराज बास्तोलाले भने । उम्मेदवार भनेको जनताको नोकर हो, हामी विना रकम खर्च गरि चुनाव लड्न पनि सक्छौ, तडकभडकको चुनावी प्रचारबाट जनता आजित छनू बास्तोलाले बताए ।
बास्तोलाले विभिन्न म्याराथन ,हाफ म्याराथन, दौड प्रतियोगिता ,अल्ट्रारेस लगायत प्रतियोगितामा समेत सहभागी जनाइ सकेका छन् । उनले विश्वका धेरै हिमालको समेत सफल आरोहण गरिसकेका छन् । सगरमाथा ,मनास्लु,धवलागिरी ,आइल्याण्ड पिक लगायत अन्य हिमालको समेत आरोहण गरेका छन । निर्वाचन आयोगले तोकेको रकमले त तिनिहरुको पार्टीकार्यकर्तालाइ कुखुराको झोल र भात समेत खुवान पुग्दैन अनि कसरी आचारसंहिता मान्छनू सबैलाइ थाहा छ तर बोल्न कोहि सक्दैनन् नेपाल गरिब मुलुक होइन विचार गरिब , जनताले जिताएकाको सम्पत्ति समेत सार्वजनिक हुनुपर्छू बास्तोलाले भने । सरकारले चाहे के हुदैन रु देशलाइ घर बनाउने हो , चित्ता होइन राज्यले आफ्नो कदम कठोर बनाइ आफ्नो उत्पादनलाई जोड दिनुपर्छ, आम्दानी बढाउन सक्ने हैसियत राख्नुपर्छूउनले भने । नेपाली जनता राजनीति देखेर वितिष्णा भएको बताउदै सरकार सिस्टममा हिड्न निकै आवश्यक रहेको बताए । मलाइ नपुग केही छैन, अब खर्च गरेर होइन मन जितेर हिड्नुपर्छ उनले बताए । बास्तोलाले सन् २०१२ मा पोखरा म्याराथन , २०१७ मा काठमाडौं हाफ म्याराथन २०१८ मा पोखरा ट्रायलरेस सिरिज, २०१९ मा नेपाल हाफ म्याराथन लगायत थुप्रै दौड प्रतियोगितामा सहभागीता जनाइसकेका छन् । मेरो उम्मेदवारी भनेको आफू स्वस्थ रहन दैनिक केही समय दौडनु पर्छ भन्ने चेतना विकास गर्नको लागिपनी हो । हामी स्वस्थ रहन निकै आवश्यक छ । म जितको लागि होइन सम्पुर्ण नेपालीलाइ एक जुट गराउनको लागि उठेको हुू बास्तोलाले भने ।