शुक्रबार, असार १४ गते २०८२

बंगलादेशका राष्ट्रिपति लाई पोखरामा भव्य स्वागत,फेवातालमा डुंगा शयर

बंगलादेशका राष्ट्रिपति लाई पोखरामा भव्य स्वागत,फेवातालमा डुंगा शयर

अखबार दैनिक
बिहीबार , कात्तिक २८ २०७६
  • पोखरा चार दिनका लागि नेपालको भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमण गर्नुभएको छ । आज मध्यान्ह करिब १२ बजे पोखरा आउनुभएका राष्ट्रिपति लाई विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,कार्यबहाक मुख्यमन्त्री किरण गुरुङ,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल,सामाजिक विकास मन्त्री नरदेवी पुन लगाएतले स्वागत गर्नुभएको थियो । हमिदको स्वागतका लागि ठाउँठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ । स्वागत पश्चात उहाँ फेवातालमा डुंगा शयर गर्नुभएको थियो । फेवाताल शयरपछि फिस्टेल लजमा लञ्च ब्रेक भएको छ । यसपछि उहाँ हेलिकप्टरमा रुपाकोट रिसोर्ट जाने कार्यक्रमतय भएको छ । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नुहुनेछ । रुपा गाउँपालिकाले त्यहाँ स्वागत गेट बनाउनेदेखि विभिन्न कला, सांस्कृतिक नाच झाँकीहरु प्रदर्शन गर्नेछ । रुपाकोटमा उहाँले एक घण्टा समय बिताउने कार्यक्रम छ । त्यसपछि आज नै काठमाडौं फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ