शुक्रबार, असार १४ गते २०८२

प्राइम लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना अव अनलाइनबाटै खरीद गर्न मिल्ने

प्राइम लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना अव अनलाइनबाटै खरीद गर्न मिल्ने

अखबार दैनिक
आइतबार, कात्तिक २४ २०७६
  • प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट कम्पनीका विभिन्न जीवन बिमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बिमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।   हालको लागि अधिकतम विमाङ्क रकम ५ लाख सम्मको बिमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बिमालेख जारी हुनेछ । कम्पनीले शरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बिमाको सेवाबाट धेरै भन्दा धेरै जनतासमक्ष जीवन बिमाको पहँुच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बिमालेख सम्बन्धित बिमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ । [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form] [contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ