शुक्रबार, असार १४ गते २०८२

सात वटै प्रदेश प्रमुखले गरे सपथ ग्रहण

सात वटै प्रदेश प्रमुखले गरे सपथ ग्रहण

अखबार दैनिक
मंगलबार, कात्तिक १९ २०७६
  • १९ कात्तिक, काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए । यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो । शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूलाई कार्यक्षेत्रमा गएर काम गर्न बाटो खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ