शुक्रबार, असार १४ गते २०८२

इलम गर्न दृढ ईच्छा हुनेहरुको नजिक सरकार छः मन्त्री लम्साल

इलम गर्न दृढ ईच्छा हुनेहरुको नजिक सरकार छः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, कात्तिक १६ २०७६
  • पोखरा गण्डकी प्रदेशका उद्योग,पयृटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले इलम गर्न दृढ ईच्छा हुनेहरुलाई प्रदेश सरकारले नजिक बाट सहयोग गर्ने बताउनुभएको छ । शनिवार लेखनाथ उद्योग वाणिज्य संघमा रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लि.को १८ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले दृढ ईच्छा शक्तिका साथ काम गर्न खोज्ने जोकोहीलाई पनि सरकार सारथी बन्दै नजिक बाट सहयोग गर्ने बताउनुभयो । मन्त्री लम्सालले सहकारीलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादकत्व बढाउन सरकारले निरन्तर आर्थीक सहयोग गर्दै आएको चर्चा समेत गर्नुभयो । उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना हुने किसिमले सरकारले कृषिमा अनुदान दिएता पनि इलम नगरीखान खोज्ने परिपाटिको नेपालीहरुमा विकास हुदाँ सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउन नसकेको गुनासो समेत गर्नुभयो । सरकारले सहकारी मार्फत कृषि पेशा अंगालेका तथा व्यक्तिगत र्फम मार्फत कृषि व्यवसाय गरेकाहरुलाई अनुदान बर्षै पिच्छे वितरण गरेको छ, मन्त्री लम्सालले भन्नुभयो” तर त्यसले न कुनै रोजगारीनै सिर्जना गर्न सकेको छ,न कुनै कृषि उपजहरुको उत्पादनमा बृद्धि आउन सकेको छ,यस बाट खासै प्रतिफल आउन सकेको छैन,अब किसानमा दिने अनुदानको प्रक्रियालाई पनि परिर्वतन गर्न आवश्यक छ” । विगतको अनुदान प्रक्रियालई परिर्वतन गर्दै अब किसानले बैंक मार्फत लोन लिएर कृषि व्यवसाय गरेको भए त्यो लोन सरकारले तिर्ने व्यवस्था मिलाउने गरि काम गर्ने तर्फ सरकारले सोँच बनाएको बताउनुभयो । कृषिमा यान्त्रिकीकरण,आधुनिकिकरण तथा नयाँ प्रविधिलाई जोड दिदै सहकारी मार्फत कृषि उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । मन्त्री लम्सालले सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासनै सहकारी भएको चर्चा गर्दै सहकारीले समाजका अतिबिपन्न गरिब परिवार लगाएत सबै किसिमका मानिसहरुलाई समानान्तार हिसाबले समेटी उनीहरुको आर्थीक उन्नती र प्रगतिमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले सहकारीले प्रदेशको गरिवी निवारणमा महत्वपुर्ण भुमिका निर्भाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उक्त सहकारीले यस बर्ष १ करोड ३ लाख खुद नाफा कमाउन सफल भएको छ । प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले सहकारीले सहकारीको भावना अनुरुप काम गर्नुपर्ने भन्दै सहकारीले आफु बढी नाफा मुलक बन्नु भन्दा पनि सेवा मुलक बन्न तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य दिपक कोईराला,रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,मत्स्य अनुसन्धान केन्द्रका डा. टेक ब.गुरुङ,नेपाली काङग्रेस जिल्ला सभापति कृष्ण केसी,नेकपाका प्रतिनिधि टिकारामा पंगेनी,रुपाताल संरक्षण परियोजनाका बसन्त ब.थापा लगाएतले शुभकाममना मन्तव्य राखेका थिए । उक्त अवसरमा सहकारीमा अबद्ध भई उत्कृष्ट काम गरका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ