शुक्रबार, असार १४ गते २०८२

एनआरनएको अध्यक्षमा कुमार पन्त

एनआरनएको अध्यक्षमा कुमार पन्त

अखबार दैनिक
शुक्रबार, कात्तिक १ २०७६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) नवौं विश्व सम्मेलनको निर्वाचनले अध्यक्षमा कुमार पन्तलाई निर्वाचित गरेको छ । विहिबार सम्पन्न संघको निर्वाचनको मत परिणाम अनुसार उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ र महिला उपाध्यक्षमा रबिना थापा बिजयी भएकी छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् । मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि थिए । तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई पछाडि पारे । त्यसैगरी महासचिवमा डा. हेमराज शर्मा तथा सचिवमा अमेरिकाका गौरी जोशी र कतारका आरके शर्मा विजयी भएका छन् भने कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् । त्यसैगरी संघको महिला संयोजकमा भोमा लिम्बु निर्वाचित भएकी छन् । पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए । बिहीबार राति ११ बजेदेखि मतगणना शुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। केही समयपछि निर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरिदैंछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ