शुक्रबार, असार १४ गते २०८२

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको जीवन : सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु भन्ने कतिकति

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको जीवन : सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु भन्ने कतिकति

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • नेपाली पत्रकारितामा पुरुषोत्तम दाहाल नचिन्ने सायदै होलान् । २०३५ सालबाट पत्रकारिता सुरु गरेका उनको त्यो यात्रा अहिले पनि जारी छ । छापा पत्रकारिताबाटबाट सुरु भएको उनको यात्रा टेलिभिजन, रेडियो हुँदै पछिल्लो समयको डिजिटल पत्रिका अनलाइनसम्म आइपुगेको छ । करिब ४२ वर्षको पत्रकारिता जीवनमा उनले थुप्रै आरोह अवरोहसमेत पार गरेका छन् । निष्पक्ष, निडर र स्वतन्त्र पत्रकारितामा विश्वास राख्ने उनले कैयौँ पटक धम्कीको समनासमेत गर्नु परेको छ । पुलमुनि रातो कुकुरसँग लास भेटिनेछ, बाटोको पिचमुनि पेल्दिन्छु र सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु जस्ता धम्की उनले धेरै खेपेका छन् । धम्की मात्र कहाँ हो र ? ठूलाठूला अवसरका लोभ पनि उनका अगाडि राखिएको थियो । तर उनको पत्रकारिताको कदमलाई कोहीले पनि रोक्न सकेन । सायद त्यसैले पनि होला हामी पत्रकारिताको क्षेत्रमा उनको नाम गर्वका साथ लिने गरिन्छ । पत्रकारको अलवा साहित्यकार, प्रोफेसरको रूपमा चिनिएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ