प्रदे्श नंं २ धनुषा
गण्डकी प्रदेशले पदेश नं। २ लाई गण्डकी प्रदेश घुम्न निम्त्तो दिएको छ । मगंलबार गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा आएको टोलीले प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु रावत र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री राम नरेश राय मार्फत प्रदेश २ का जनतालाई गण्डकी प्रदेशमा घुम्न आउनका लागि चुले निम्त्तो दिईएको हो ।
गण्डकी प्रदेशको निम्त्तो पाउनुभएका मुख्यमन्त्री रावतले सबै जनतालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको पोखरा सहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुमा जान आग्रह गर्नुभयो ।

एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश–२ मा पर्यटनको प्रचुर सम्भावना रहेतापनि त्यसको सदुपयोग हुन नसकेको प्रदेश–२ का बताउनुभयो ।
पर्यटन प्रवर्द्धनमा ध्यान दिइयो भने यो क्षेत्र समृद्धिको मुख्य आधार बन्न सक्ने उहाँको भनाई छ । जनकपुरधाममै रहेका धार्मिक ऐतिहासिक महत्व बोकेका मठमन्दिर तथा पोखरीको प्राकृतिक सौन्दर्यतालाई जोडन सकियो भने लाखौँ पर्यटकलाई लोभ्याउन सकिने राउतले बताउनुभयो ।

प्रर्यटन प्रवर्द्धनको लागि तत्काल जनकपुर–पोखरा हवाई यात्रा शुरु गर्नुपर्नेमा मुख्यमन्त्री राउतलले जोड समेत दिनुभयो । उहाँले प्रचार–प्रसारको कारणले ओझेलमा रहेका यहाँका पर्यटकिय क्षेत्रहरुलाई अब प्रदेश सरकार आफ्नो जिम्मेवारीमा यसको प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले पर्यटन क्षेत्रलाई पहिचान गरेर प्रदेश सरकारले पर्यटकीय विकासका लागि यस क्षेत्रलाई आफ्नो प्राथमिकमा राखेर अगाडी बढ्ने बताउनुभयो ।
प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले प्रचार–प्रसारको अभावको कारणले यहाँका पर्यटकिय क्षेत्रहरु सबैको रोजाईको क्षेत्र बन्न नसकेको भन्दै भरपुर प्रचार गर्दै गण्डकी प्रदेशमा आएका पर्यटकहरुलाई जनकपुर ल्याउने वातावरण मिलाउने गरी प्रदेश सरकार सँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश घम्न निमन्त्रणा गर्दै आफ्नो प्रदेशको पाहुन बनेर आउनेहरुलाई आफुहरु भव्य स्वागत,सम्मान गर्न आतुर रहेको बताउनुभयो । जनकपुर धार्मीक तथा ऐतिहासिक हिसाबले अत्यान्तै महत्वपूर्ण पर्यटकीय स्थल भएको चर्चा गर्दै जनकपुर देखि पोखरा सम्मको सिधा हवाई सम्पर्क हुन सकेको खण्डमा गण्डकी प्रदेश र जनकपुरमा पर्यटकको कुनै कमी नहुने हुदाँ उक्त वातावरण मिलाउन प्रदेश सरकार सँग माग समेत गर्नुभयो । उहाँले प्रदेशले आन्तरिक पर्यटनलाई विभिन्न कुरामा सुविधा दिएको जानकारी गराउँदै पर्यटन व्यावसायीले यसलाई प्याकेजको रुपमा उपयोग गर्न सक्ने बताउनुभयो । प्रदेशले आर्थिक विकासको पहिलो खम्बा पर्यटनको रुपमा लिएकोमा खुशी व्यक्त गर्दै गण्डकी प्रदेश सरकारले पर्यटन,कृषि,उद्योग,उर्जा लगाएतलाई समृद्धिको पहिलो आधार मानेर अगाडी बढिरहेको बताउनुभयो ।
कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायी,पत्रकार लगायतको उपस्थिति थियो ।