शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेश भ्रमण गर्ने निम्त्तो पाएका मुख्यमन्त्री राईले भने बिराटनगर -पोखरा हवाई सेवा तत्काल

गण्डकी प्रदेश भ्रमण गर्ने निम्त्तो पाएका मुख्यमन्त्री राईले भने बिराटनगर -पोखरा हवाई सेवा तत्काल

अखबार दैनिक
सोमबार, असोज १३ २०७६
  •  
    प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले पर्यटनको राजधानी गण्डकी प्रदेशको एक पटक भ्रमण गर्न आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित पर्यटन प्रवद्र्धन अभियानलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले गण्डकी प्रदेश पर्यटकीय हिसावले थुप्रै महत्वपुर्ण प्रदेश भएको बताउँदै सन् २०२२ सम्म एक पटक जसरी पनि पुग्न उहाँले प्रदेशवासीहरुलाई आव्हान गर्नुभएको हो । उहाँले गण्डकी र प्रदेश नम्वर १ नेपालमा प्रमुख पर्यटकीय गन्तव्य रहेको बताउँदै उहाँले दुई प्रदेशको सम्वन्धलाई एक अर्काबीच जोड्नुपर्नेमा जोड दिनुभयो । राईले बिराटनगरदेखि पोखरा हवाई सेवा थाल्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि पहल भैरहेको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश नम्वर १ मा पनि थुप्रै पर्यटकीय गन्तव्यहरु रहेकोले यी दुवै प्रदेशबीच आवश्यक सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । मुख्य मन्त्री राईले भ्रमण वर्षको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । नेपाल सरकारले पनि सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणागरेका वेला तीनै तहका सरकारले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । यो औपचारिकताका लागि घोषणा मात्र गरिएको नभएर समृद्ध नेपाल बनाउने ध्येयलाई लक्षित गरेर घोषणा गरिएको स्पष्ट गर्नुभयो । उनले प्रदेश नम्वर १ का पर्यटकीय क्षेत्रहरुको चर्चा गर्दै दुवै प्रदेशका पर्यटन व्यावसायिक सम्वन्धलाई जोड्नुपर्ने वताउनुभयो । कार्यक्रमा प्रदेश नम्वर १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीसप्रसाद कुुसियैतले गण्डकी प्रदेश सरकारको पर्यटन प्रदवद्र्धन अभियानमा प्रदेश नम्वर १ को सरकार सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो । मन्त्री कुसियैतले अव मुलुक र प्रदेश सरकारको समृद्धि पर्यटन क्षेत्रको विकासवाट मात्र सम्भव रहेकोले आन्तरिक र वाह्य पर्यटकहरुलाई जति मात्रामा भित्रयाउन सक्यो त्यतिनै रोजगारीको सिर्जना र तल्लो वर्गका नागरिकहरुको पनि समृद्धि हुनेमा जोड दिनुभयो । उहाँले १ नम्वर प्रदेश चिया, अलैचि, अम्रिसो, अदुवा, ओलनको लागि प्रख्यात रहेको बताउँदै यिनीहरुको प्रवद्र्धनबाट पनि पर्यटनको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले आफु सहित जम्वो टोली घुम्न आउने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री विकास लम्सालले अयिानका बारेमा जानकारी दिँदै प्रकृति, संस्कृति र साहशिक पर्यटनको प्रचार प्रसार र सम्वद्र्धन गर्न सरकारकै नेतृत्वमा अघि बढेको बताउनुभयो ।उहाँले पर्यटनको अथाहा सम्भावना बोकेको गण्डकी प्रदेशका ११ जिल्लाका भ्रमण गर्न चुले निम्तो दिनुभयो । हिमाल, पहाड तराई, विभिन्न सांस्कृतिक विविधता र मनोरम हिम श्रृङ्खलाले भरिपुर्ण भएकाले पनि एक पटक आउन आव्हान गर्नुभयो । उहाँले अहिले विदेशी पर्यटक भन्दा पनि स्वदेशी पर्यटकहरुलाई भित्र्याउने अभियान स्वरुप सेल्स मिसन कार्यक्रम लिएर आएको बताउँदै आवश्यक सहयोग गर्न मुख्य मन्त्री र पर्यटन मन्त्रीलाई आव्हान गर्नुभयो । उहाँले सरकार, सरकार, व्यावासायी व्यावसायी र पत्रकार पत्रकारबीचको सहकार्यबाट मात्रै हरेक क्षेत्रको समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भारतसँग नजिक रहेको यो प्रदेशमा भित्रिने पर्यटकलाई गण्डकीमा लैजाने वातावरण बनाउनका लागि आवश्यक सहयोग गर्न पनि वताउनुभयो । कार्यक्रममा विराटनगरका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सञ्जिव कोईराला, पर्यटन व्यावसायी सुर्य भुजेल, विराटनगर टानका अध्यक्ष फडिन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल लगायतले बोल्नुभएको थियो । सो अवसरम कलाकार प्रजापति पराजुली र कृष्ण अखेलीले सांगितिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा स्वागत पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवि पोख्रेल र संचालन पोखरा पर्यटन वोर्डका प्रमुख काशीराज भण्डारी गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ