माधव पराजुली,प्रदेश नं. ३
आन्तरिक भ्रमण वर्ष २०१९र २०२२ लाई सफल बनाउन गण्डकी प्रदेश सरकारको टोली प्रदेश ५ सहित प्रदेश ३ का जिल्लाहरुमा पुगेको छ । विभिन्न जिल्लामा भ्रमण वर्षको निम्तो बाँड्दै गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल नेतृत्वको टोली शनिबार भरतपुर हुदै हेटौडाँ पुगेको हो । बुटवलमा मन्त्री विकास लम्सालसहितको टोलीले प्रदेश ५ का मन्त्री लिला गिरीलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरे पश्चात प्रदेश ३ चितवनको भरतपुर आएर प्रचार प्रसार तथा पर्यटन व्यवसायी,उद्योगी र जनप्रतिनिधि बिच अन्तरक्रिया गरेको छ ।
सो अवसरमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश घुम्ने आफ्नो पहिलो सुचिमा राख्न सबैलाई आग्रह गर्नुभयो । “तपाईको घुम्नलायक स्थान मध्य गण्डकी प्रदेशका पर्यटकीय स्थलहनै पहिलो नम्बरमै पर्छ मन्त्री लम्सालले भन्नुभयो, प्राकृति,सांस्कृति र सहासिक पर्यटन लगाएत सबैखाले पर्यटकका लागि सहज र आकर्षक गन्तब्य गण्डकी प्रदेश नै हो । यसलाई एउटा घुमघामको पूर्ण प्याकेज मान्न सकिन्छ ।
गण्डकी प्रदेशमा तपाई आफ्नो बजेटअनुसार पाँच तारे होटल वा सस्तो लज अनि होमस्टेमा बसेर घुमघाम गर्न सक्नुहुन्छ, उहाँले थप्नुभयो”हामी पर्यटन बर्षलाई लक्षित गरि बिभिन्न क्षेत्रमा छुट प्रदान गरेका छौँ । सफा र शान्त वातावरण पोखराको विशेषता भन्दै यति ठूलो शहरबाट आँखै अगाडी टलक्क टल्केका हिमाल देखिने सायद अरु गन्तब्य छैन । गण्डकी प्रदेशका लामा तथा छोटा हाइकिङ रुटले यो गन्तब्यलाई अझ बढी आकर्षक बनाएको बताउदै गण्डकी प्रदेश आएर प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ, हाइकिङ अनेक रोमान्चक गतिविधिमा भाग लिन सक्ने स्पष्ट पार्नुभयो ।
त्रिवेणी देखि मुक्तिनाथ सम्मको जुनसुकै पर्यटन यात्रा सबैभन्दा उपयुक्त रहेको जनाउनुभयो । रमाईलो गाउँ घले गाउँ तथा गण्डकी प्रदेशका करिब तिन सय होमस्टेमा पाईने अर्गानिक खाना तथा संस्कृति देखि जंगल सफारी,८ हजार अग्ला हिमालहरु हेर्न र धार्मीक पर्यटकहरुको लागि मुक्तिनाथ,मनकामना,देवघाट,सेतीवेणी,पञ्चकोट लगाएतका स्थानको भ्रमण गर्दै मनोकांक्षा पुरा गर्न समेत आव्हान गर्नुभयो ।
काठमाडौ, लुम्बिनी र पोखरालाई पर्यटकीय क्षेत्रबाट जोड्ने गरी बृहत्तर गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सांस्कृतिक र प्राकृतिक सम्पदाको व्यापाक प्रचार प्रसार गरी पर्यटनबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

युवा ब्याबसायीहरु पर्यटन अधिकारीहरुसंग भएको अन्र्त्क्रियामा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले गण्डकी प्रदेशले चालको कदम प्रशसयोग्य रहेको बताउनुभयो । उहाले चितवन पनि पर्यटकीय गन्तब्य रहेको बताउदै चितवन र गण्डकी प्रदेशका कतिपय ठाउँहरु जेडिएकोले मिलेर जान सके अझै थप प्रभावकारी हुने बताउनुभयो ।
भरतपुर कार्यक्रम सकेर मन्त्री लम्सालले प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडल लाई समेत भेटेर गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियानको जानकारी गराउनुभएको छ । आईतबार हेटौँडामा कार्यक्रम हुदैछ भने अहिँले बिरगञ्जमा रहेको टोलीले यहाँका मुख्यमन्त्री,मन्त्री,पर्यटन व्यवसायी,पत्रकार उद्योगी लगाएत सँग अन्तरक्रिया गर्ने छ ।