शुक्रबार, असार १४ गते २०८२

बेलहिया नाकावाट पहिलाे पटक भित्रीए बाह्य पर्यटक,मन्त्री द्वारा स्वागत

बेलहिया नाकावाट पहिलाे पटक भित्रीए बाह्य पर्यटक,मन्त्री द्वारा स्वागत

अखबार दैनिक
शुक्रबार, असोज १० २०७६
  • बुटबल- विश्व पर्यटन दिवसको अवसरमा वेलहिया नाकावाट पहिलोपटक नेपाल भित्रिएका विदेशी पर्यटकलाई स्वागत गरिएको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल र प्रदेश नं. ५का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले संयुक्त रुपमा युक्रेनका दुई जना पर्यटकलाई नेपाली ढाका टोपी र माला लगाएर स्वागत गर्नुभएको हो । आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन ‘प्रिभेलेज कार्ड’ (सहुलियत कार्ड) बाँड्दै तथा पर्यटन प्रवद्र्धनको अभियानको क्रममा वुटवल आइपुगेको गण्डकी प्रदेश सरकारको टोलीले वेलहिया नाकावाट भित्रिएका विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।
    • सो अवसरमा वोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश प्रकृति, संस्कृति र साहशिक पर्यटनको धनि भएको बताउँदै नेपालकै शुन्दर शहर पोखरा र गण्डकी प्रदेशको भ्रमण गर्न आग्रह गर्नुभएको छ । मन्त्री लम्सालले लुम्विनी र गण्डकी प्रदेशलाई पर्यटनको माध्यमवाट जोड्नुपर्नेमा जोड दिँदै प्रदेश ५ र गण्डकीप्रदेश बीचको पर्यटन विकासका लागि आवश्यक साझेदारी गर्न तयार रहेको बताउनुभयो । उहाँले गर्मी छल्नदेखि विदाको समय मनाउनका लागि पनि गण्डकी प्रदेश उपयुक्त रहेकाले भ्रमणका लागि आव्हान गर्नुभयो । गण्डकी प्रदेश भित्रमा होमस्टे, होटल तथा रेस्टुरेन्ट, यातायातका साधनदेखि साहसिक खेलसम्म सहभागी हुने पर्यटकलाई कार्डबाट सहुलियत समेत मिल्नेछ ।’ पर्यटन वर्षलाई लक्षित गर्दै सरकारले विभिन्न सेवामा निश्चित छुटसहितको व्यवस्था मिलाउन लागेको मन्त्रालयले जनाएको छ । प्रिभिलेज कार्ड लिएर गण्डकी प्रदेश पुग्ने जुनसुकै पर्यटकले होटल, पर्यटकीय गाडी भाडा र टुर प्याकेजमा १५ प्रतिशत छुट पाउने छन् । यस्तै रेष्टुरेन्ट, शाहसिक खेल, ट्र्याकिङ सामाग्री खरीद र लत्ताकपडा खरीदमा १० प्रतिशत छुट हुने बताईएको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन असोज ९ देखि १६ गतेसम्म प्रवर्द्धनात्मक अभियान सुरु गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । सो अवसरमा प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक र सांस्कृतिक रुपमा दुवै प्रदेश धनि भएपनि हामीले हाम्रो संस्कार वदल्नुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्विनिमा भित्रिएका पर्यटकलाई पोखरासम्म पुराउनका लागि आफुहरु पनि आवश्यक साझेदारी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । लुम्विनिदेखि पोखरासम्मको सडक व्यवस्थित गरी पर्यटकलाई सहज तवरले जाने वातावरण सिर्जना गर्नुपर्ने वताउनुभयो । उहाँले पर्यटनमा भान्छादेखि ट्याक्सीसम्म ठग्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने वताउनुभयो । सो अवसरमा बाह्य पर्यटक आयुश कपुरले नेपाल भित्रिने वित्तिकै दुवै प्रदेशका सरकारले स्वागत गरेकोमा खुसी व्यक्त गर्दै नेपाल साच्चिकै स्वर्गजस्तै भएको आफुलाई अनुभूति मिलेको बताए । कार्यक्रममा प्रदेश सांसद सन्तोष पाण्डे, प्रदेश नं. ५का मुख्य सचिब तोयानाराया ज्ञवाली, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब राधा वाग्ले हानका संयोजक कृष्ण अधिकारी, पर्यटन व्यावासायी माधव नेपाल, सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ