गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भित्र्याउन् तथा पर्यटन प्रवद्र्धनका लागि सेल्स मिसन थालेको छ । गण्डकी प्रदेशका संस्कृति चिनाउनका लागि कालाकार सहितको टोली अहिँले बुटवलमा छ । बिहिवार पोखरा बाट निस्केको टोलीले स्याङ्जा र पाल्पामा कार्यक्रम सम्पन्न गरेको हो । पाल्पामा गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा पछील्लो समयका प्रख्यात लोकदोहोरी गायक प्रकास सपुत जब सेल्स मिसनको मञ्च चढेँ दर्शकहरु एकाएका जम्मा भए,व्यापारीहरु बाहिर निस्के र खाली रहेको पाल्पा टुडीँखेल खचाखच भरियो । सपुतले जब बोलमाया गाउन थाले सबैको मन आकर्षित भयो । केही मानिसहरु भावुक बन्दै गय २ टुक्का बोलमाया गायका सपुत लगत्तै गलबन्धी गाउनथाले भएका दर्शक सबै उठेर नाच्न थाले । गण्डकी प्रदेशका पर्यटन मन्त्री समेत गितमा छमछमी नाच्न थाले । पर्यटन प्रवद्र्धनका लागि हिडेका गयक सपुत कला र संस्कृतिको खानी गण्डकी प्रदेश भन्न थाले । उनले पाएदेखि यो दिलको मालिक, घुमाउन लैजानथे बाग्लुङ कालीका जाउँ हिड गण्डकीलाई गल्बन्धीको लयमा ढालेर गाउन थाले । उनले गायको उक्त गितले पाल्पालीलाई गण्डकी प्रदेश भर्खर जाउँजाउँ बनायो । उनले गण्डकीका सबै पर्यटकीय गन्तव्यलाई पुरै गितमा ढालेका थिए ।

पाल्पाबासीले लोक गायक प्रकाश सपुत सँग गण्डकी प्रदेश घुम्न चाहेको प्रतिक्रया गायक सपुत स्टेजमै हुदाँ जनाएपछि गायक सपुतले सँगै घुम्ने प्रतिबद्धता समेत जनाए ।