काठमाडौँ। रवि लामिछाने चिन्दिनँ भनेपछि चोतर्फी आलोचनो सिकार बनेकी गायिका गायिका एलिना चौहानले अन्तत स्पष्टीकरण दिएकी छन्। उनले सामाजिक संजालमा ए लामो पोस्ट गर्दै स्पिष्टीकरण दिएकी हुन्।
मैले रवि लामिछाने चिन्दिनँ भनेको भन्दा पनि पर्सनर्ली अहिलेसम्म देखभेट नभएको र अन्तरवार्ता, कार्यक्रम नभएको हुनाले पर्सनर्ली चिन्दिनँ भनेकी थिएँ’ उनले अगाडि भनेकी छन्, ‘रवि दाइ समाजसेवी र युवा नेता हो। त्यसमा कुनै शङ्का छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला।’
उनले भनिन्, ‘भावनामा बगेर भन्दा पुरै अन्तरवार्ता हेरेर मात्र आफ्नो धारणा बनाउनु होला।’ उनले पुरै अन्तर्वार्तामा आफूले गाली गर्नुपर्ने त्यस्तो कुनै काम समेत नगरेको बताइन्। ‘म हजुरकै छोरी, चेली र बहिनी हो। त्यसैले त्यति तल झरेर गाली नगरिदिनु होला। मैले जानीजानी कुनै गल्ती गरेकी छैन।
अन्र्तवार्तामा उनले गायिका समिक्षा अधिकारीको पनि खुलेरै प्रशंसा गरेकी छन्। कार्यक्रममा चौहानले अभिनेता अनमोल केसीलाई ह्याण्डसम हिरो र साम्राज्ञी राज्य लक्ष्मीलाई राम्री हिरोइनको रूपमा समेत चर्चा गरिन्। एलिना पछिल्लो समय गीत ‘धोकेबाज’ को कारणले चर्चामा छिन्। चौहान लेख्छिन्:
आदरणिय दर्शक महानुभावहर नमस्कार। आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु। पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ। उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं।
रबि दाइ एक कुशल पत्रकार, समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं । मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन। टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं।
भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला एक पटक आंखा चिम्म गरेर सोच्नु त? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला। मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन। तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु। तपाइंहरुकि प्रिय गायिका एलिना चौहान
यसै बिसयमा संतोष देउजा भन्छन्, ‘रबिलाई नचिनेर एलिनाले के अपराध गरिन? अन्धभक्तहरुलाई के निहुँ पाउँ भैराथ्यो पाइहाले।’ बिस्तृत जान्नको लागि हामीले भिडियो तल प्रस्तुत गरेका छौं।
हेर्नुहोस: