शुक्रबार, असार १४ गते २०८२

पर्यटक बोलाउदै गण्डकी प्रदेश पाल्पामा ।।

पर्यटक बोलाउदै गण्डकी प्रदेश पाल्पामा ।।

अखबार दैनिक
बिहीबार , असोज ९ २०७६
  • पाल्पा आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन ‘प्रिभेलेज कार्ड’ (सहुलियत कार्ड) बाँड्दै प्रदेश दौडाहामा निस्किएको गण्डकी प्रदेश सरकारले प्रदेश पाँचको पाल्पामा सेल्स मिसन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल सहितको टोली प्रदेश ५ मा प्रवेश गरेको हो । आन्तरिक पर्यटन वर्ष मनाइरहँदा बढीभन्दा बढी पर्यटक ल्याउन र आगमनका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रिभिलेज कार्ड उपलब्ध गराउँदै पाल्पाको तानसेनमा कार्यक्रम सम्पन्न गरेको छ । यस प्रदेशले नेपालकै सातवटै प्रदेशका मुख्यमन्त्री तथा अन्य निकायमा पुगेर चुल्हो निम्तो सहित सहुलियत कार्ड बाँड्ने छ । कार्डको माध्यमबाट गण्डकी प्रदेश सरकारसँग सहमति भएका जुनसुकै स्थानमा पनि कार्ड देखाएपछि मात्र छुट पाइने पर्यटनमन्त्री विकास लम्सालले उक्त कार्यक्रममा बताउनुभयो । प्रिभिलेज कार्ड लिएर गण्डकी प्रदेश पुग्ने जुनसुकै पर्यटकले होटल, पर्यटकीय गाडी भाडा र टुर प्याकेजमा १५ प्रतिशत छुट पाउने छन् । यस्तै रेष्टुरेन्ट, शाहसिक खेल, ट्र्याकिङ सामाग्री खरीद र लत्ताकपडा खरीदमा १० प्रतिशत छुट हुने उहाँले प्रष्ट पार्नुभयो । प्रकृति,संस्कृतिर साहासिक पर्यटनले धनि गर्भिलो गण्डकी प्रदेशमा एक पटक घुमेर स्वर्गिय आनन्द लिन उहाँले निमन्त्रण गर्नुभयो । चम्किला मुहार भएका पाल्पालीहरु गण्डकी प्रदेशको पर्यटक भएर गएको देख्न चाहेको धारण राख्नुभयो । प्रिभिलेज कार्ड ग्रहण गर्दै तानसेन नगरपालिकाका पाल्पामा नगर प्रमुख अशोक कुमार शाहीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको अपनत्वको जरुरी रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन असोज ९ देखि १६ गतेसम्म प्रवर्द्धनात्मक अभियान सुरु गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पोखरा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले यस प्रदेशको पर्यटन विकासमा मात्रै नभई पर्यटन विकासमा देखिने चुनौतीको पनि सरकारसँगै सामना गर्न आफूहरु तयार रहेको बताए । विश्व पर्यटन संघले यस वर्षको दिवसको नारा ‘पर्यटन र रोजगारी भविष्यमा सवैलाई लाभकारी’ सार्वजनिक गरेको छ । अभियानले सरकार र व्यवसायिक प्रतिष्ठान बीचमा व्यापारिक सहकार्य, व्यापारीहरु बीचको अनुभव साटसाट, फोटो प्रर्दशनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गरेको छ । यस अभियानको प्रमुख लक्ष्य आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा नेपालका प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचार प्रसार गर्न, आन्तरिक पर्यटकहरु माझ प्रवद्र्धन गर्न र पर्यटन व्यवसायी बीचमा व्यवसायिक सम्बन्ध स्थापित गर्नु रहेको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ