शनिबार, भदौ १ गते २०८२

पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

अखबार दैनिक
आइतबार, माघ २२ २०७९
  • पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक
     

    २२ माघ काठमाडौँ। अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ।

    ओलीकै शब्द संगीत, ओली र गायिका शान्ति श्री परियारको स्वर रहेको डाली लपक्कै गीत सार्वजनिक भएको हो । गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माले अभिनय प्रस्तुत गरेका छन् ।

    सार्वजनिक गीतलाई निकै सुन्दर तरिकाले निर्माण गरिएको छ । लोक शैलीको गीतलाई नवराज उप्रेतीले खिचेका हुन् । गीतको भिडियोमा बिमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

    ओलीका यस अघिका बुटुवल बसपार्क, धानै कुट्ने ढिकी, माछी बस्यो र खोलिमा पानी लगायतका गीतहरु चर्चित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ