शुक्रबार, असार १४ गते २०८२

देशका सबै आर्थिक सूचकांकहरु ठीक भएको अर्थ मन्त्री खतिवडाको दाबी

देशका सबै आर्थिक सूचकांकहरु ठीक भएको अर्थ मन्त्री खतिवडाको दाबी

अखबार दैनिक
शनिबार, असोज ४ २०७६
  • माधव पराजुली,पोखरा २०७६\ ०६\०४ अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउनुभएको छ । आज पोखरा उद्योग वाणिज्य संघको ६५औँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री खतिवडाले लगानीको वातावरण बन्दै गएकाले निजि क्षेत्रलाई ढुक्कका साथ लगानी गर्न समेत आव्हान गर्नुभयो । उहाँले सरकारले उद्योगमा लगानी गर्नेहरुको लागि विभिन्न किसिमको छुट समेत प्रदान गरेको बताउनुभयो । खतिवडाले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक समृद्धिको बाटोमा जान सरकार तयार रहेकोपनि बताउनुभयो । पहिलो चोटीे मुलुकको आर्थिक बृद्धिदर बढी भएको, १९ प्रतिशत भन्दा बढीले निर्यात बढेको र यही अवधिमा १४ प्रतिशत भन्दा कमले आयात बृद्धि भएको बताउँदै आयात घट्दापनि १४ पनि २२÷२३ प्रतिशतले राजश्व बढेको बताउनुभायो । अहिले देशको संचितिले नौ महिनाको आयात धान्ने अवस्था रहेकोले अर्थतन्त्र मजबुत रहेको बताउनुभयो  । अर्थ मन्त्री खतिवडाले उद्योग व्यवसाय गर्ने तर करछली गर्न खोज्ने जोकोेहीलाई पनि राज्यले नछोड्ने बताउनुभयो । राजस्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपरेको बताउनुभयो । मन्त्री खतिवडाले राजस्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुदा यस्तो काम लाई दुरुत्साहन हुने गरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । स्थायी लेखा नम्बर (पान) लिँदैमा स्वतः कर तिर्नुपर्छ भन्ने हैन भन्दै उहाँले कर तिर्ने दायरामा भएकाहरुलाई सरकारले खोजी खोजी कर लिने उद्घोष गर्नुभयो । सम्पत्ति कर कहाँ लगाउने भन्नेबारे बहस जारी रहेको बताउँदै यसमा उत्तेजित हुनुपर्ने वातावरण नभएको बताउनुभयो । उहाँले सम्पत्तिमा ५० प्रतिशत कर लगाउने कुनै सोच नभएको भन्दै अर्थमन्त्रीको लहडले कुनै कर नलगाइने बताउनुभ गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग बिना रोजगारी सिर्जना तथा समृद्धि प्राप्त गर्न नसकिने भन्दै प्रदेश सरकारले एक स्थानिय तहमा एक औद्योगिक ग्रामको निति लिएको बताउनुभयो । उहाँले ८५ वटा स्थानिय तह मध्ये ४० वटा स्थानिय तहमा औद्योगिक ग्रामको लागि जग्गा छनौट भएको बताउदै यो बर्ष १९ वटा औद्योगिक ग्रामको काम थालिने बताउनुभयो । उहाँले गोर्खाको पालुङटारमा १३ हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन लागेको र त्यहाँ विद्युतीय गाडी उत्पादन गर्नेतर्फपनि तयारी गरिएको बताउनुभयो । लम्सालले अस्थिरतामा रमाउनेहरुले विभिन्न एजेण्डा निकालेर सरकारको बिरोध गरेको गुनासो गर्नुभयो । उहाँले प्रदेश सरकारले अािर्थक उत्थानको लागि विभिन्न कार्यक्रम ल्याएको प्रष्ट पार्दै आउँदो तीन महिनामा १५ लाख पर्यटक ल्याउने दावीपनि गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ