बिहीबार , साउन ३१ गते २०८२

'बाहुबली' अभिनेत्री तमन्ना र 'डार्लिङ' अभिनेता विजय प्रेममा!

'बाहुबली' अभिनेत्री तमन्ना र 'डार्लिङ' अभिनेता विजय प्रेममा!

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • 'बाहुबली' अभिनेत्री तमन्ना र 'डार्लिङ' अभिनेता विजय प्रेममा!

    'बाहुबली' अभिनेत्री तमन्ना भाटिया र बलिउड अभिनेता विजय वर्माबीच प्रेम सम्बन्ध रहेको चर्चा छ।

    नयाँ वर्षको अवसरमा गोवामा गरिएको एक पार्टीमा उनीहरू एकसाथ देखिएका थिए। उक्त पार्टीपछि उनीहरू प्रेम सम्बन्धमा रहेकाे चर्चा चलेकाे हाे। आइतबार मुम्बईमा आयोजित एक अवार्ड कार्यक्रममा उनीहरू एकसाथ देखिएका थिए। उनीहरूले मिडियालाई तस्बिर खिचाएका थिए। 

    सामाजिक सञ्जालमा उनीहरूको तस्बिर र भिडिओ भाइरल भइरहेको छ। उनीहरूको फ्यानले जोडी मन परेको भन्दै प्रतिक्रिया दिइरहेका छन्। ‘उनीहरू एक शानदार जोडी हुन्,’ एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्। 

    तमन्नाले दक्षिण भारतीयसँगै बलिउड फिल्ममा काम गरेकी छन्। यसै वर्ष तमन्ना अभिनीत ‘प्लान ए प्लान बि’ र ‘बब्ली बाउन्सर’ ओटिटीमा प्रदर्शन भएको थियो। विजयले ओटिटीमा प्रदर्शन भएको फिल्म ‘डार्लिङ’ मा अभिनय गरेका थिए। यो फिल्मलाई दर्शकले रूचाएका थिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ