शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेश संविधान दिवस: गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता

गण्डकी प्रदेश संविधान दिवस: गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता

अखबार दैनिक
शुक्रबार, असोज ३ २०७६
  • माधव पराजुली,पोखरा गण्डकी प्रदेश सरकारले संविधान दिवस बृहत् कार्यक्रमका साथ मनाएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सदस्यहरु, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधि, संघसस्था, विद्यालयहरु, विभिन्न जातजातिका मानिस झाँकीसहित कार्यक्रममा सहभागी हुनुभएको थियो । साेही अवसरमा बोल्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको ठुलो विशेषता भएको बताउनुभयाे । यसलाई देश र जनताको सम्पतिको रुपमा व्याख्या गर्दै प्रमुख कुँवरले यसलाई रक्षा गनुपर्ने बताउनुभयाे । निरंकुश, एकीकृत र सामन्ति व्यवास्थाले सृजना गरेका सवै किसिमका उत्पिडन र विभेदको अन्त्य संविधानले गरेको भन्दै यसलाई महत्वपुर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताउनुभयो । संविधानको सुरक्षा गर्न सकेमात्र संविधानले जनताको सुरक्षा गर्ने बताउँदै उहाँले भन्नुभयो, “विधिमाथि मानिसले प्रहार गरेको खण्डमा राज्य असफलतातिर जान्छ, राष्ट्रमा अराजकता छायो भने राष्ट्रको अन्त्यसमेत हुनसक्छ, कानून र विधिमाथि खेलवाड गरेर कसैको प्रगति सम्भव छैन ।” विधिको शासनको पालानाले मात्र शासन व्यवास्था बलियो हुने तर्क गर्दै प्रमुख कुँवरले संविधान दिवसमा सवैले विधिको शासनलाई प्रण गर्नुपर्नेमा जाेड दिनुभयो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यशक्तिको स्रोत नेपाली जनतामा आउनुलाई संविधानको सवैभन्दा ठुलो उपलब्धिको रुपमा व्याख्या गर्नुभयो ।संविधानले राज्य शक्तिका स्रोत जनता हुन् भनेर व्याख्या गरेको उल्लेख गर्दै उहाँले पहिलोपटक संविधानमा सार्वभौम र राजकीय शक्ति जनतामा निहीत रहेको बताउनुभयो । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका अधिकार र पहिचानलाई स्थापित गरेकाले असमानतालाई समानतामा बदलेर मौलिक हक सुनिश्चित गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ