शुक्रबार, असार १४ गते २०८२

अध्यक्ष पदका लागि कुमार पन्तको उम्मेदवारी घोषणा

अध्यक्ष पदका लागि कुमार पन्तको उम्मेदवारी घोषणा

अखबार दैनिक
शुक्रबार, असोज ३ २०७६
  • गैरआवासीय नेपाली संघ नवौं एनआरएनको आगामी नवौं विश्व सम्मेलन तथा महाधिवेशनको अध्यक्ष पदका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गर्नुभयको छ । शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रम आयोजना गरी उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभयको हो ।कुमार पन्त वर्तमान कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद् नवौं आईसीसीमा उपाध्यक्ष छन् । संगठनमा महासचिव समेत भइसकेका कुमार पन्त गोरखाको फुजेलका बासिन्दा थिए भने हाल जर्मन नागरिक हुन् । । उनले आफू विजयी भएपछि एनआरएनको सदस्य निःशुल्क गराउनेलगायत एनआरएनको लागि महत्वकांक्षी कार्यक्रम पनि अघि सारेका छन् । घोषणा कार्यक्रममा उनले प्रतिवद्धता पत्र समेत सार्वजनिक गर्दै ‘राम्रो एनआरएन, हाम्रो एनआरएन’ बनाउन इमान्दरिपूर्वक काम गर्ने प्रतिज्ञा समेत गरे । नवौं महाधिवेशनका लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने पन्त पहिलो हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ