शुक्रबार, असार १४ गते २०८२

एनआरएन अध्यक्षमा आज उम्मेदवारी घोषणा गर्दै : कुमार पन्त

एनआरएन अध्यक्षमा आज उम्मेदवारी घोषणा गर्दै : कुमार पन्त

अखबार दैनिक
बिहीबार , असोज २ २०७६
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९–२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेदवारी घोषणा आज गर्ने भएका छन् । उम्मेदवारी घोषणा कार्यक्रम आज काठमाडौको होटल याक एण्ड यतिमा हुने भएको छ । उक्त उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसी र अन्य व्यक्तिहरुसहित थुप्रै व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ । उपाध्यक्ष पन्तले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् । अध्यक्षका आकांक्षी पन्तले यो पटक खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक ब्यबस्थापन र नेपालका बारेमा बिशेष केन्द्रित गर्ने कुरा बताएका छन् । लामोसमय देखि गैरआवासीय नेपाली संघमा थुप्रै जिम्मेवारी पुरा गरेका पन्तले हाल अन्तराष्ट्रिय उपाध्यक्षमा दोश्रो कार्यकाल पूरा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ