पोखरा
पोखरा महानगरपालिका सहित गण्डकी प्रदेश बिभिन्न जिल्लाहरुमा डेंगो रोगले महामारीरुप लिन थालेपछि गण्डकी प्रदेश सरकारले डेंगो रोग नियन्त्रणको लागि अभियान थालेको छ । डेंगो रोग बाट बच्ने उपाय र यसलाई नियन्त्रण गर्ने उपाय अपनाउन तथा जनचेतना जगाउन गण्डकी प्रदेश सरकारका मन्त्रीहरु टोलटोलमा पुगेका हुन् । डेंगोरोग बाट थप आउन सक्ने महामारीलाई ध्यान दिदै नियन्त्रणको लागि प्रदेश सरकारका मन्त्रीहरुले टोलटोलमा पुग्ने जिम्मेवारी बाँडफाँड समेत गरेका छन् । प्रदेश सरकारले डेंगो रोग फैलिदै जानथालेपछि २१ लाख रकम डेंगो रोग नियन्त्रणका लागि छुट्टाएको छ ।
मन्त्री र स्वास्थयकर्मी सहितको टोलीले टोलटोलमा पुगी नागरिकहरु सँग डेंगो रोगलाई कसरि निवारण गर्न सकिन्छ भनेर नागरिकको आवाज समेत सुनेका छन् ।
यसै क्रममा पोखरा महानगरपालिका वडा नं. २ मा पुग्नुभएका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले लामखुट्टेको टोकाई बाट लाग्ने डेंगो रोग बढ्दै जानथालेकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको जानकारी दिनुभयो । सफा पानीमा वस्ने तथा दिउसो टोक्ने एडिज नामको लामखुट्टेवाट डेंगो रोग लाग्ने हुनाले लामखुट्टे वाट बच्न स्थानियबासीलाई आव्हान गर्नुभयो । प्रदेश सरकराले डेंगो रोग निवारणको लागि अस्पताल,स्वास्थ्य चौकी,स्वास्थ्य ईकाइ लगाएतका अन्य संस्थाहरुलाई सत्रियतापूर्वक लाग्न निर्देशन समेत दिईसकेको जानकारी दिनुभयो । सरकारी स्तर बाट तथा बिभिन्न सामाजिक संघ सस्थाहरुले डेंगो रोग नियन्त्रणका लागि घरघरमा अभियान पु¥याउनुपर्ने समेत बताउनुभयो । रोग लाग्नै नदिनका लागि मन्त्रीलम्सालले विभन्न उपायहरु समेत सुनाउनुभएको थियो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेश अधिकारीले छत देखि भुई सम्म पानी जम्मा गरिएका भाडाहरु राम्ररी ढकंन लगाएर राख्न,घर वरिपरीको झाडी सफा गर्न,खुल्ला भाडाँहरुमा पानी जम्न नदिन सचेत गराउनु भयो ।
ज्वरो आउने , टाउकोको पछाडिको भाग दुख्ने , शरिरमा रातो विमिरा आउने , वान्ता हुने अन्तिम स्थितिमा नाममुख वाट रगत समेत वग्ने लक्षण देखिने उहाँले जानकारी दिनुभयो ।यस्तो अवस्थामा लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य संस्थामा देखाउन समेत उहाँले आग्रह गर्नुभयो ।