शुक्रबार, असार १४ गते २०८२

विप्लव समूहका दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

विप्लव समूहका दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

अखबार दैनिक
बुधबार, असोज १ २०७६
  • १ असोज, गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् । विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।
    ‘यसअघि पनि विकलाई राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागिसकेको छ,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘भाग्दै हिँडेका थिए, मंगलबार घर आएको बेला हामीले समातेका हौँ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ