शुक्रबार, असार १४ गते २०८२

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक सम्पन्न, सहमतिपत्रमा हस्ताक्षर,१५ महिनापछी मलेसिया रोजगारी खुल्यो

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक सम्पन्न, सहमतिपत्रमा हस्ताक्षर,१५ महिनापछी मलेसिया रोजगारी खुल्यो

अखबार दैनिक
बिहीबार , भदौ २६ २०७६
  • मलेसियाको पुत्रजयामा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा सहमति भएको हो। बैठक तीन दिनसम्म चलेको थियो। सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। बैठकको नेतृत्व नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह–सचिव रामप्रसाद घिमिरेले गरेका थिए भने बैठकमा परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता रहेको थियो। सहमति पत्रमा मलेसियाको मानव संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमरेबीच हस्ताक्षर भएको छ । ‘मलेसियाबाट आउने निरीक्षण टोलीले सूचीकृत नयाँ स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गरिनेछ,’ बैठकमा सहभागी पदाधिकारीले जनसवाललाई बताए । मलेसिया सरकारको स्थापित मापदण्ड पुग्नेलाई छनोट गरिने मलेसियन टोलिले बतायो । बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेका थिए तर कतिवटा संस्थाहरु छानिनेछ त्यो भने भबिस्यमा हेर्न् बाकी छ । नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन । दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन । दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको बैठकले बिहिबार निष्कर्ष निकालेको हो । दुई देशका प्रतिनिधिबिच सहमतिमा हस्ताक्षर भएको समाचार स्रोतले जानकारी दियो । नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मंगलबार र बुधबारको बैठकमा दुवै पक्षले आ–आफ्नो धारणा सौहार्दपुर्णरुपमा राखेका थिए । आजको बैठकका बारेमा जानकारी दिदै घिमिरेले दुई देशबीच श्रम सम्झौता भएपछि हस्ताक्षर भएको जानकारी दिए

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ