शुक्रबार, असार १४ गते २०८२

लायन्स क्लब अफ पोखरा लामाचौरको चार्टरनाईट

लायन्स क्लब अफ पोखरा लामाचौरको चार्टरनाईट

अखबार दैनिक
सोमबार, भदौ २३ २०७६
  •   लायन्स क्लब अफ पोखरा लामाचौरको दोश्रो वर्ष प्रवेशको अवसरमा चार्टरनाईट तथा एकल नारी सम्मान कार्यक्रमम सम्पन्न भएको छ । एक वर्ष सफलता पूर्वक पुरा गरी दोश्रो वर्ष प्रवेश गरेको अवसरमा क्लबले २८ जना एकल महिलालाई सम्मान गरेको हो ।कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद बिन्दु कुमार थापा,लायन्स क्लबका सेकेन्ड भाईस डिस्ट्रीक गभर्नर बिषेश्वर आचार्य, डिस्ट्रीक चिफ एडभाईजर महेन्द्र पौडेल, क्लस्टर प्रमुख अर्जुन बहादुर थापा, पि आर ओ तथा गाईडिङ लायन नवीन भण्डारी, क्लस्टर १६ का जोन चेयरपर्सन खिमलाल बराल, वसन्तराज सिग्देल, खेम क्षेत्री ,मिलन के.सि, कमिटीको चेयरपर्सन तथा क्लब एक्स्टेन्सन चेयरपर्सन गोबिन्द बहादुर शाही, कमिटीको चेयरपर्सन तिलक तिवारी, संजय अधिकारी ,क्लस्टर १६ का अध्यक्ष तथा पदाधिकारीले सम्मापनपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।लायन्स क्लब अफ पोखरा लामाचौरका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद बिन्दु कुमार थापा, चार्टरनाईट कार्यक्रम सेकेन्ड भाईस डिस्ट्रीक गभर्नर बिशेश्वर आचार्यज्यूलेक्लब एक्स्टेन्सन चेयरपर्सन गोबिन्द बहादुर शाही,जोन चेयरपर्सन खिमलाल बराल , रिजन चेयरपर्सन ऋषि गिरी, क्लस्टर प्रमुख अर्जुन बहादुर थापा, डिस्ट्रीक चिफ एडभाईज महेन्द्र पौडेल लगायतले आआफनो भनाई राखेका थिए भने क्लबका सचीव तिलु माया थापा खवास संचालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानु पाख्रीनले स्वागत गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ