शुक्रबार, असार १४ गते २०८२

ओली समूहले प्रदेशसभा बैठक बहिस्कार गर्ने

ओली समूहले प्रदेशसभा बैठक बहिस्कार गर्ने

अखबार दैनिक
आइतबार, फागुन ९ २०७७
  • ९ फागुन, काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ ।

    images

    आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सभामुखलाई जानकारी गराएको ओली समूहमा रहेका मन्त्री जगदीश कुशियतले जानकारी दिए ।

    निलम्बनको अवधि ३ महिना हुने भएकाले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने ओली समूहको जिकिर छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ