शनिबार, भदौ १ गते २०८२

कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

कोरोनाका कारण आर्थिक क्षेत्रमा भएको प्रहारलाई सामना गर्न सरकार लागि पर्ने

अखबार दैनिक
शनिबार, मंसिर २७ २०७७
  • अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताएका छन् ।

    शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको बताए । उनले महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिए ।

    सम्बोधनकै क्रममा मन्त्री पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने दाबी गरे । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ