शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेशमा एकैपटक ६७ जनामा कोरोना संक्रमण, कहाँ कति ?

गण्डकी प्रदेशमा एकैपटक ६७ जनामा कोरोना संक्रमण, कहाँ कति ?

अखबार दैनिक
आइतबार, भदौ २१ २०७७
  • पोखरा, २१ भदौ । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् ।

    images

    पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा गण्डकीका थप ६७ जनामा संक्रमण देखा परेको हो ।

    तीमध्ये स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १३ जना, तनहुँ ७, बागलुङ ३, लमजुङ २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

    संक्रमितमध्ये पोखराका २ जना महिला (वर्ष २० र २३) पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत स्टाफ नर्स हुन् ।

    त्यस्तै, लमजुङ वेसीसहरका २ जना रिलायन्स फाइनान्सका कर्मचारी (२९ वर्षीय पुरुष, ३१ वर्षीया महिला) हुन् भने अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाएका छन् । शनिबारमात्र ४० जना संक्रमित थपिएका थिए ।

    यो सहित प्रदेशमा कुल संक्रमित संख्या २ हजार ५ सय १४ पुगेको छ ।

    Capture.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ