पोखरा
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमर्ण बर्ष बनाएको सन्दर्भमा १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ तयारी तिब्र रुपमा अगाडी बढाएको छ ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले रेष्टुरेण्ट तथा बार एसोसियसन (रेबान) पोखराको २५ औं बार्षिक साधारण सभाको बिहिबार पोखरामा उद्घाटन गर्दै आन्तरिक पर्यटन बर्षका अवसरमा गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने सरकारले लक्ष्य राखेको बताए ।
“गण्डकी प्रदेश आन्तरिक पर्यटन बर्षको तयारी तिब्र रुपमा अगाडी बढेको छ, मन्त्री लम्सालले भने,गण्डकी प्रदेश भ्रमणको निम्तो दिन रोड सो कार्यक्रम आयोजना गर्दै मेची देखि महाकाली सम्म जाने योजना समेत अगाडी सारेका छौँ । “प्रदेशको आन्तरिक पर्यटन भ्रमण बर्ष सकिन ४ महिना बाँकी छ, अब नेपालीहरुको महान पर्व विजया दशमी पर्व आउदैछ, यस अवसरमा प्रदेश सरकारले प्रदेशका कर्मचारीलाई केही दिन विदा दिएर तथा विद्यालय एवं कलेजका विद्यार्थीहरुलाई घुम्न जाने वातावरण सृजना गरेर भए पनि पर्यटन प्रवर्द्धन गर्ने पक्षमा हामी छौं । ”
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखे पनि प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको उनले जनाए । प्रदेशमा पर्यटनको अथाह सम्भावना देखेरै अध्ययन गरेरै विज्ञहरुको राय सल्लाहको आधारमा विकासको मुल आधार पर्यटनलाई बनाएको उनले जनाए ।
पोखरामा धेरै पर्यटकहरु भित्राउन निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादन गरी आगन्तुक पाहुनालाई उनीहरुको रोजाई अनुसारका खानाको परिकार दिन मन्त्री लम्सालले सुझाव दिए । देशका विभिन्न ठाउँबाट प्रदेश सहित प्रदेशको राजधानि पोखरामा पर्यटकहरुलाई ल्याउन विज्नेस टु विज्नेस अवधारणा समेत अघि बढाउने भएको मन्त्री लम्सालले बताए ।
केही निजी कम्पनीहरुले पोखरामा लगानी गर्न खोजेको बताउदै उनले जग्गा समस्या रहेकोले उनीहरुलाई लगानी गर्ने वातावरण मिलाउन जग्गा व्यवस्थापनमा सहजिकरण गर्ने बताए । उनले भने “पोखरा सहित प्रदेशको पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रसंग के कस्तो सहकार्य वा समन्वय गर्नु पर्यो तपाईहरु हामीसंग आउनुहोस हामी तयार छौं ।”
प्रदेशका ८५ स्थानिय तहमा करिब २ हजार २ सय कर्मचारीहरु रहेकोले उल्लेख गर्दै उनले अझै पनि कर्मचारी व्यावस्थापनमा समस्या रहेको जनाए ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डि.एस.पी.कोमल शाहले पोखराको लेकसाइडमा शान्ति सुरक्षाको आफुहरुले प्रत्याभुति गराएको बताए । उनले भने “केही समुहले पोखराको शान्ति सुरक्षालाई असर पार्ने गरी अनावश्यक काण्ड मच्चाएका छन्, लेकसाईडमा कहाँ चोरी भएको छ, वडा कार्यालयमा भएको चोर पक्राउ गरेका छौं, प्रहरीले कुन व्यवसायलाई र कुन पर्यटकलाई असर पारेको छ ।” शान्ति सुरक्षामा कुनै कमजोरी नभएको उनले दाबी गरे । डिएसपी शाहले लेकसाईड क्षेत्रमा ग्याङ फाइट हुन नदिने बताउदै मादक पदार्थ सेवन गरी हिडेको भरमा हो(हल्ला गरेको र केटी तानातान भएको भन्न नमिल्ने जनाए ।
रेवान पोखराका अध्यक्ष भिमशेन भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेल, रेवान पोखराका सल्लाहकार सुर्य भुजेल, गणेश बहादुर भट्टराई लगायतले बेलेका थिए ।
रेवान पोखराले जस्मिन थाइचाई रेष्टुरेण्ट, औरा बार एण्ड लाउन्ज प्रा.लि., सम्राट चन्दुरी रेष्टुरेण्ट र ड्यामसाइड पोखरा प्रालि.लाई गरी ४ वटा नयाँ रेष्टुरेण्टलाई सदस्यता समेत दिएको छ । रेवान पोखराले पोखरा सडक महोत्सव, होली उत्सव, मिनी सडक महोत्सव तथा खाना प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ ।