काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा सुनको भाउ दुई दिनमा २ हजार ८ सय रुपैयाँले घटेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।