काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।