आइतबार, असार १६ गते २०८२

भरुवा बन्दुकसहित पाल्पाका कुमाल पक्राउ

भरुवा बन्दुकसहित पाल्पाका कुमाल पक्राउ

अखबार दैनिक
बिहीबार , साउन २९ २०७७
  • काठमाडौँ – प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

    images

    पाल्पाको रैनादेविछहरा गाउँपालिका ३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार