एजेन्सी । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सोमबार स्कटल्याण्डको टर्नबेरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । स्टारमरले ट्रम्पसँग गाजाको वर्तमान अवस्थाबारे छलफल गर्न सक्ने विश्वास गरिएको छ ।
भेटवार्तामा उनले गाजामा युद्धविरामको लागि क्षेत्रीय साझेदारहरू र अमेरिकाको प्रयासलाई स्वागत गर्ने विश्वास गरिएको छ । हामी तत्काल युद्धविराम लागू गर्न र गाजामा समस्याहरू अन्त्य गर्न अरू के गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल हुनेछ ।
दुई नेताहरूले व्यापार र रुस–युक्रेन युद्ध अन्त्य गर्ने बारेमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ । यसअघि इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिमा ’रणनीतिक रोक’ घोषणा गरिसकेको छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले आफ्नो विज्ञप्तिमा गाजामा मानवीय सहायताको मात्रा बढाउन यो गरिएको बताएको छ ।