ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ ।प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर नेपाल संवत् ७४२ मा सिद्धि नरसिंह मल्लको पालामा एक तले थियो ।
नेसं ८१७ मा योगनरेन्द्र मल्लको पालामा दुई तला थपी तीन तला बनाइएको शिलालेखमा उल्लेख गरिएको पाइन्छ ।मंसिर पूर्णिमा र चैत पूर्णिमाका दिन बालकुमारी मन्दिरमा विशेष जात्रा लाग्ने गर्दछ ।