शनिबार, असार १५ गते २०८२

मेलम्चीकाे सुरुङमा बेपत्ता इञ्जिनियरको शव फेला

मेलम्चीकाे सुरुङमा बेपत्ता इञ्जिनियरको शव फेला

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ।

    images

    परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

    तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका एसपी उज्जवल महर्जनले जानकारी दिए।

     

    'जनकपुरका इन्जिनियर गोइत बाहुने पाटीको छेउतिर साढे ३ बजेतिर फेला परेका हुन्,'एसपी महर्जनले भने।

    अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ