आइतबार, असार १६ गते २०८२

नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम

नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम

अखबार दैनिक
सोमबार, चैत १८ २०८१
  • नेपालमा भव्य क्यालेन्डर प्रदर्शनी : आन्तरिक पर्यटन प्रवर्द्धनको नयाँ आयाम

    भक्तपुर । नेपालमा क्यालेन्डर प्रदर्शनी आयोजना गरिँदैछ, जसले देशभरका लाखौं नागरिकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। नेपालमा २०८१ सालमा मात्र २ करोड ९० हजार थान क्यालेन्डर निःशुल्क वितरण गरिएको थियो, भने २०८२ मा यो संख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ।

    images

    यसै सन्दर्भमा, भक्तपुर दरवार, सिद्धपोखरी र योसिखेलमा विशेष प्रदर्शनीको आयोजना गर्न लागिएको छ, जहाँ देशभरका बैंक, सहकारी संस्था, विद्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक संगठन लगायतका विभिन्न संघसंस्थाहरूले आफ्ना आकर्षक क्यालेन्डरहरू प्रदर्शन गर्नेछन्।

    Calendar-Exihibtion (1).jpg

    क्यालेन्डर मात्र नभई, यस प्रदर्शनीले नेपालका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रत्येक क्यालेन्डरमा समेटिएका सूचनाहरू नेपालभित्रको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सावित हुने आयोजकहरूको विश्वास छ।

    बिस्का जात्रा हेर्न वैशाख १ गते मात्र भक्तपुरमा दुई लाखभन्दा बढी आगन्तुकहरू भित्रिने भएकाले, आयोजकहरूले क्यालेन्डर प्रकाशकहरूलाई यही अवसरमा आफ्ना क्यालेन्डर प्रदर्शन गर्न विशेष अपिल गरेका छन्।

    Calendar-Exihibtion-2.jpg

    नेपालमा क्यालेन्डर केवल मितिहरू हेर्ने साधन मात्र नभई, हाम्रो संस्कृति, परम्परा, र पहिचानको अभिन्न हिस्सा बनिसकेको छ। यो प्रदर्शनीले देशभरका नागरिकहरूलाई एकैसाथ सूचनामूलक, सौन्दर्यपरक, र ऐतिहासिक महत्त्व बोकेका क्यालेन्डरहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। क्यालेन्डर प्रदर्शनमा सहभागी हुन चाहने प्रकाशकहरूले समयमै स्थान सुरक्षित गर्न आयोजक सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार