आइतबार, भदौ ९ गते २०८२

दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

    काठमाडौँ । दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

    DPR_3429.JPG

    सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

    त्यस्तै, इराकमा तैनाथ नेपाली शान्ति सैनिकको टोलीलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

    _DPR3192.JPG

    उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ