शनिबार, भदौ ८ गते २०८२

सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

    सर्लाहीमा मापसे चेक जाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको छ। शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा  सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्। 

    इलाका प्रहरी कार्यालय गडहियाका इन्चार्ज प्रहरी निरीक्षक उज्ज्वल कार्कीको नेतृत्वमा खटिएको टोली माथि नै सयौँको सङ्ख्यामा आएका गाउँलेहरूले चारै तर्फबाट घेरा हालेर कुटपिट गर्न थालेपछि प्रहरीले आत्म रक्षाको लागि गोली समेत चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार