काठमाडौं । माघे सङ्क्रान्ति नजिकिएसँगै अहिले काठमाडौँ उपत्यकामा चाकुको व्यावसायिक उत्पादन गर्दै आएका व्यवसायीलाई फुर्सद छैन ।
अझ चाकुको उद्गम विन्दु टोखामा चाकु बनाउन व्यवसायीलाई भ्याइनभ्याई छ । टोखाका व्यवसायीलाई दिनभर मात्र नभइ राति पनि चाकु बनाउन भ्याइनभ्याइ हुन्छ।
टोखामा उत्पादन भएको चाकु उपत्यकाको असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । साथै यहाँ उत्पादित चाकु विदेशमा पनि उत्तिकै माग छ ।