बिहीबार , साउन ३१ गते २०८२

चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक

    चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक भएको छ। स्वप्नील शर्माको स्वर रहेको गीतमा उनकै शब्द र संगीत संयोजन छ। गीतमार्फत चलचित्रको कथा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री शिल्पा मास्केको नृत्य देखाइएको छ।

    चलचित्र तीजको अवसरमा यही भदौ २१ गते प्रदर्शन हुनेछ। क्राइम थ्रिलर जनरामा बनेको चलचित्रका निर्देशक सञ्जोग राई हुन् भने चलचित्रमा निर्देशक राई र अजय गौतमको कथा तथा पटकथा छ। चलचित्रमा अन्य कलाकार गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरक्षिा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ