आइतबार, भदौ २ गते २०८२

मर्स्याङ्दी दुर्घटना अपडेट : २९ जनाको उद्धार,१४ जना अचेत

मर्स्याङ्दी दुर्घटना अपडेट : २९ जनाको उद्धार,१४ जना अचेत

अखबार दैनिक
शुक्रबार, भदौ ७ २०८१
  • मर्स्याङ्दी दुर्घटना अपडेट : २९ जनाको उद्धार,१४ जना अचेत

    तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म २९ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार उनीहरुको अवस्थाबारे अहिले केही खुलेको छैन। तर १५ जना घाइतेहरू रोइकराई गरिरहेको र १४ जना अचेत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

    अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ। पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार