शुक्रबार, असार १४ गते २०८२

सार्वजनिक भए उत्तर कोरियाली नेता किम

सार्वजनिक भए उत्तर कोरियाली नेता किम

अखबार दैनिक
शुक्रबार, वैशाख १९ २०७७
  • प्योङयाङ, २० बैशाख । सार्वजनिक कार्यक्रममा नदेखिपछि अनेकन अड्कल काटिएका उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । शनिबार एक कार्यक्रममा उनी देखिएको अन्तरास्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तको एक ‘फर्टिलाइजर प्लान्ट’को निर्माण समापन कार्यक्रममा किम सहभागी भएको उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै योनापले जनाएको छ। अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो। अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए) किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर सार्वजनिक गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ