काठमाण्डौं, बैशाख - १९ नेकपा अध्यक्ष दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ ।
कोटेश्वर बैठकमा प्रचण्ड-नेपालसँगै भिम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मि शाक्य, गोकर्ण बिष्ट, घनश्याम भुसाल लगायत माधब पक्षका केही स्थायी समिति सदस्यहरू समेत सहभागी थिए।
पछिल्लो समय नेकपामा राजनीतिक संकट गहिरिँदै आएको छ । यस अघि प्रचण्ड-नेपाल पक्ष प्रधानमन्त्री ओलीले सरकार छोड्नु पर्ने पक्षमा बोलेका थिए ।
प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्ने भए वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । प्रचण्ड-माधब पक्षले अब भोलि हुने सचिवालय बैठकमा प्रधानमंत्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्नुभएको थियो उहाँलाई प्रधानमन्त्री बनाउने आधार के-के हुन् ? भन्नेबारे सचिवालयमा प्रधानमन्त्रीलाई सोध्ने र सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा मनोनयन गर्न गरेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले अब कसरी उहाँलाई प्रधानमन्त्री बनाउनु हुन्छ ? यो बिषय सहित सचिवालयमा छलफलमा जाने कुरा भएको र साथै भोलि हुने छलफलमा प्रचण्ड-माधबलाई खुट्टा नकमाउन समेत सुझाब दिईएको कुरा उपस्थित एक स्थायी समिति सदययस्यले अखवारलाई जानाकारी दिए ।
प्रधानमन्त्रीले बालुवाटारबाटै गुटबन्दी गर्ने, सांसदहरू हस्ताक्षर गर्ने काम गर्नुभएकाले हामीले पनि के गर्ने भन्नेबारे गम्भीर भएर सोच्नु पर्ने बेला आएको निष्कर्षमा पुगेको कुरा समेत उहांले जानाकारि दिनुभयो ।
नेकपा सचिवालय बैठक भोलि शनिबार साँझ बालुवाटारमा बस्ने कुरा तय भैसकेको छ ।