काठमाण्डौं / गोरखा गण्डकी गाउँपालिका वडा नं १ मकैसीङ स्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा स्थानिय जनप्रतिनिधिको रोहवरमा बिकास हाईड्रो पावर कम्पनीको प्रबन्ध निर्देशक कृष्ण घिमिरे,निर्देशक सरोज धिताल र गणड्कि गा पा फुजेलका पत्रकार सागर पन्तको पहलमा खाध्यान्न सहयोग गरिएको हो । गोरखा धार्चे गाउपालिका स्थित माछा खोलामा निर्माणाधिन ४.५५ में. वार्ड क्षमताको विकास हाइड्रोपावर कम्पनीका सञ्चालक उनी अष्ट्रेलियामा घले हार्बेस्टिंगका समेत मेजर शेयर होल्ड गरेका घले त्यस कम्पनिका समेत संचालक हुन ।समेत रहेका सामाजिक व्यक्तित्वका धनि घलेले यस अघि उत्तरी गोरखाका काठमाण्डौ र गोरखा बजारमा बस्दै आएका जनसमुदायलाई समेत राहात बितरण गरिसकेका छन यस्तै गरि घलेले बिभिन्न समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् । आज गणडकी गाँपालिका वडा नम्मर १ अन्तर्गत बुटारमा एक कार्यक्रमका वीच २० बोरा चामल, नुन,र तेल सहित गण्डकी गाउँपालिका वडा नं १ का अध्यक्ष तथा स्थानिय प्रतिनिधिको रोहवरमा पीडित बिपन्न तथा गरिव चेपाङ समुदायका परिवारलाई उक्त राहत हस्तान्तरण गरिएको थियो भने आजै गोरखा बजारमा कोठा भाडा लिएर बस्ने उत्तरि गोरखाका समुदायलाई समेत कोठा कोठामै गएर १०० बोरा चामल तेल र नुन समेत बाडिएको कुरा धार्चे गाउपालिका का पुनम गुरूङ ले बताए बितरणमा जोन घलेका भाई सन्तोष घले स्वयं पनि उपस्थिति थिए दैनिक ज्यालादारी र पिडितहरुको समस्यामा स्थानीय सरकार रमिते बनेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन ।