शनिबार, भदौ १ गते २०८२

आजदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने ,सतर्कता अपनाउन आह्वान

आजदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने ,सतर्कता अपनाउन आह्वान

अखबार दैनिक
शुक्रबार, असार २२ २०८१
  • आजदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने ,सतर्कता अपनाउन आह्वान

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

    मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको हो । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।

    यसपटक ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् ।

    यसैगरी लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पुर्व पनि रेड जोनमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ