शुक्रबार, असार १४ गते २०८२

भारतमा २९ हजार जना कोरोना संक्रमित, मृतकको सं‌ख्या ९३४ पुग्यो

भारतमा २९ हजार जना कोरोना संक्रमित, मृतकको सं‌ख्या ९३४ पुग्यो

अखबार दैनिक
मंगलबार, वैशाख १६ २०७७
  • १६ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।
    अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो ।
    भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ