शुक्रबार, असार १४ गते २०८२

घले दम्पति द्वारा कोभिड -१९ राहातकोषमा २ करोड सहयोग

घले दम्पति द्वारा कोभिड -१९ राहातकोषमा २ करोड सहयोग

अखबार दैनिक
आइतबार, वैशाख १४ २०७७
  • काठमाडौं / गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले तथा उनीकी श्रीमती जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले एमआईटी ग्रुप फाउण्डेसनमार्फत सरकारले गठन गरेको कोषमा सहयोग गरेका हुन् । कोषका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गरेर सहयोगको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूल लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’ फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ